मोटरबाटो खुलेको ३६ वर्षपछि सडक कालोपत्रे
गोरखा | बैशाख ३१, २०८१
गोरखा: जिल्लाको नारेश्वरमा मोटरबाटो खुलेको ३६ वर्षपछि सडक कालोपत्रे भएको छ ।
गोरखा नगरपालिका –५ माने पानी स्वाँरा देखि वडा नम्बर ३ नारेश्वर हुँदै पडेनीचौतारा जोड्ने १० किलोमिटर सडकमा प्रिमिक्स प्रविधिको कालोपत्रे भएको हो । वि.सं.२०४५ मा मार्ग खुलेको यो सडक जीर्ण, साँघुरो, बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे थियो।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नारेश्वर–निवेल–ताकुुकोट सडक आयोजनाको पहिलो खण्डमा पर्ने नारेश्वर–पडेनी चौतारा क्षेत्रमा कालोपत्रे गरेर सडक स्तरोन्नति भएको छ ।
वि.सं. २०४५ मा मार्ग खुलेको सडक कालोपत्रे भएपछि यात्रा अवधि छोटिएको, यात्रा सहज, सुरक्षित भएको, हिलो र धुलोबाट मुक्ति मिलेको स्थानीयबासीले बताएका छन् । कृषि उपज बजारीकरण, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको छ ।
वि.सं. २०७६ मा रु २५ करोड ६३ लाखमा ठेक्का सम्झौता गरेको रौताह–पिके–गोरखा जेभीले लक्ष्य भन्दा २ वर्ष ढिला गरी सडक कालोपत्रे गर्ने काम सकेको हो । नारेश्वर–निवेल–ताकुकोट सडक आयोजनाको दोस्रो खण्डमा पर्ने पडेनीचौतारा देखि ताकुकोत तर्फ थप १० किलोमिटर सडक कालोपत्रे गर्न संरचना निर्माणको काम भइरहेको छ ।
गत वर्ष रु २३ करोड ७५ लाखमा ठेक्का सम्झौता गरेको अमर–ग्यानेक्स जेभीले २५ प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालय गोरखाका सडक इन्जिनियर दिपक बस्नेतले बताउनुभयो ।
गोरखा नगरपालिका र बारपाक सुलीकोट गाउँपालिका जोड्ने यो सडकबाट सिरानचोक गाउँपालिकाका बासिन्दा पनि लाभान्वित भएका छन् । मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्गको रुपमा पनि प्रयोग गर्न सकिने भएकाले यस सडक आयोजनालाई गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ ।
गलकोट: चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ–१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक ब...
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

